प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन्।
काठमाडौँ– जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्दै उनीहरूको परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन्। कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन्।
आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। जसमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना रहेका छन्। १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।
त्यस्तै, घाइतेहरूको नि:शुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको प्रधानमन्त्री कार्कीले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
