जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आइतबारदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ।
कैलाली– जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ।
क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा प्रवाह सञ्चालन गरिएको हो।
भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट सेवा सञ्चालन गरिएको भन्सार कार्यालयले जनाएको छ। सो भवनबाट बैंकको काउन्टर, आयात निर्यातको स्वीकृतिलगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताए।
भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारीसाधन, महत्त्वपूर्ण फाइल, तथ्यांकलगायत सामग्री नष्ट भएको उनले जानकारी दिए। “हामीसँग उपलब्ध भएका स्रोतसाधनको प्रयोगमार्फत कार्यालय सञ्चालन गरी सो भवनबाट सेवा प्रारम्भ गरेका छौँ,” उनले भने।
कैलाली भन्सार कार्यालयले आयात निर्यातको काम आइतबारदेखि पुनः सञ्चालन गरेको छ। नेपाल आयल निगम धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्यांकर भने बिहीबार नै धनगढी आयात गरिएको थियो।
आजदेखि अन्य अत्यावश्यकीय वस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रूपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए। आज मात्रै भारतबाट सो भन्सार भएर २५ वटा मालबहाक गाडी भित्रिएको कार्यालयले जनाएको छ।
पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका
नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी पनि नाका पाँच दिनपछि खुलेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ।
“यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, “नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन्।”
आजदेखि एसएसबीले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ। गत बुधबारदेखि एसएसबीले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
