प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।
काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन्।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। यसअघिका महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार, संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।
सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानूनी सल्लाह प्रदान गर्ने उच्च पदमा महान्यायाधिवक्ता कार्यालयको ७३ वर्षको इतिहासमा पहिलोपल्ट उनी महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन्।
भण्डारी यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरेकी छन्। वरिष्ठ अधिवक्ता भण्डारी कानूनी इतिहासका पहिलो पुस्ताका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
