नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याई तयारी नभएका र साना आयोजनाबाट खर्च कटौती गरेरै निर्वाचनका लागि स्रोत जुटाउने बताएका छन्।
काठमाडौँ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याउने घोषणा गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि उनले तयारी नभएका र साना आयोजनाको कार्यान्वयन रोकेर त्यसबाटै निर्वाचनको खर्च जुटाउने बताए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेको छ।
अर्थसचिवले उपलब्ध गराएको जानकारीअनुसार, तत्काल आवश्यक नभएका आयोजनाहरू कटौती गर्दा एक खर्ब रुपैयाँ बचत हुने देखिएको छ।
अर्थमन्त्री खनालले अर्थ मन्त्रालयका लागि तत्काल नयाँ गाडी नकिनी भएका गाडीबाटै काम चलाउने निर्णय पनि गरेका छन्।
उनले पुनर्निर्माणलाई प्राथमिकता दिँदै तत्काल भत्किएका भौतिक संरचनाबाट धुवाँको कालो हटाएर भए पनि 'हामी उठ्दैछौँ' भन्ने सन्देश दिनुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
