पदभार ग्रहण गरेलगत्तै ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम उठाउन निर्देशन दिने निर्णय गरेका छन्।
काठमाडौँ– नवनियुक्त ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए।
ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएको उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए। अब निर्माणको अभियान शुरू भएको उल्लेख गर्दै उनले विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
पुनर्निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो। उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने समेत बताए।
“नेपाल आर्थिक र राजनीतिक रूपमा संकटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।” मन्त्री घिसिङले पुनर्निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे।
सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन्। उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
