त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले ४६ वटा शव परीक्षणका लागि ल्याइएकोमा २८ वटाको परीक्षण सकिएको जनाएको छ।
काठमाडौँ– 'जेनजी' आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवको शव परीक्षण (पोस्टमार्टम) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागमा भइरहेको छ। हालसम्म ४६ वटा शव परीक्षणका लागि अस्पताल ल्याइएको छ।
फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, २८ वटा शवको शव परीक्षण सकिएको छ। तीमध्ये २३ वटा शव आफन्तले बुझेर लगिसकेका छन्।
सात वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन्, जसका लागि डीएनए परीक्षण आवश्यक पर्नेछ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिंगरप्रिन्टबाट शव परीक्षण गरिन्छ।
डा चौधरीले भने, “शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ।”
यसैबीच, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइतेलाई शिक्षण अस्पताल पुगेर भेटेका छन्। अस्पतालमा हाल २२ जना उपचाररत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
