खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालनमा ल्याएको छ।
काठमाडौँ- सरकारले सोमबारदेखि चाडपर्वलाई लक्षित गरी दशैँ-तिहार सहुलियत पसल सञ्चालनमा ल्याएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट यो सेवा शुरू भएको हो। 'जेनजी' आन्दोलनको प्रभावका कारण यस वर्ष कुनै विशेष तामझामबिनै बिक्री वितरण शुरू गरिएको कम्पनीले जनाएको छ।

चामल, गहुँ, दाल, केराउ र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ। चिउरा, आटा, पिठो, धनियाँ र अन्य मसलामा प्रतिकेजी ७ रुपैयाँसम्म छुट दिइएको छ। तेलमा पनि ७ रुपैयाँ छुट छ।सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी, र बासमतीमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ।

थापाथलीबाहेक रामशाहपथ, नख्खु, र दक्षिणकालीका बिक्री कक्षबाट पनि सामान किन्न सकिने कम्पनीका प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
