शहरी विकासमन्त्री कुलमान घिसिङले 'जेनजी' आन्दोलनका क्रममा आगजनी भएका सरकारी संरचनाहरूको दशैँअघि नै रङरोगन गर्ने तयारी गरिने बताएका छन्।
काठमाडौँ– शहरी विकासमन्त्री कुलमान घिसिङले 'जेनजी' आन्दोलनका क्रममा आगजनी भएका सरकारी संरचनाहरूको दशैँअघि नै रङरोगन गर्ने तयारी गरिने बताएका छन्।
सोमबार मन्त्रालयको पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै उनले तत्कालका लागि रङरोगन गर्ने र त्यसपछि फर्निचरलगायतका अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिने बताएका हुन्।
मन्त्री घिसिङले पुनर्निर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने र त्यसमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सहयोगका लागि अपिल गरिने जानकारी दिए।
"हाम्रो संरचना हामी आफै बनाउन सक्छौँ भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीहरूसँग आग्रह गर्नेछौँ," उनले भने, "पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन एक साताभित्र खाका तयार गरी अगाडि बढ्नेछौँ।"
उनले भ्रष्टाचार उन्मूलन, सुशासन र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको ठूलो चुनौती भए पनि सबै मिलेर यसको समाधान गर्नुपर्नेमा जोड दिए।
मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षतिको मूल्यांकन गर्ने र पुनर्निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
