रुपन्देही–३ को उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय प्रतिनिधिसभाको उपनिर्वाचन स्थगित गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय प्रतिनिधिसभाको उपनिर्वाचन स्थगित गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा गरेपछि आयोगले उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम तोकिएको उपनिर्वाचनका बाँकी सबै कार्यक्रम रद्द गरिएको जानकारी दिए।

उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका साना दलले उम्मेदवार टुंगो लगाई प्रचारप्रसार थालेका थिए भने नेकपा एमालेले पनि उम्मेदवारको नाम सिफारिस गरेको थियो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार छनोटको प्रक्रियामा थिए।