गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ।
चितवन– चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ। कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन्।
भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन्। जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन्। कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए। तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए। कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ। जसमध्ये ६० जना सम्पर्कमा छैनन्।
गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ। सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ। गैँडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
