‘जेनजी’ आन्दोलनका मृतकको सामूहिक शवयात्रा

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।

‘जेनजी’ आन्दोलनका मृतकको सामूहिक शवयात्रा
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ। उनीहरूको बलिदानको सम्मान गर्दै शवलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट पशुपति आर्यघाटतर्फ लगिएको हो।

आन्दोलनमा घाइते भई टिचिङ अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १० जनाको शवयात्रा निकालिएको छ। शवहरूलाई टिचिङ अस्पतालबाट चक्रपथ परिक्रमा गराई पशुपति आर्यघाटमा पुर्‍याइनेछ।

दश वटा शवमध्ये छ वटा शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिनेछ र त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौँ बाहिर मृतकको गाउँसम्म पुर्‍याइनेछ। बाँकी चार शव भने पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिनेछ। सरकारले आन्दोलनका मृतकलाई राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ।

nullnullnullnullnullnullnullnullnullnull