‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।
काठमाडौँ– भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।
कोटेश्वरको नरेफाँटस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको संयोजनमा प्रहरी चौकी नरेफाँटको पुनर्निर्माण सम्पन्न भएको छ। समितिले एक थान मोटरसाइकलसमेत हस्तान्तरण गरेको छ।
यस्तै, बसुन्धरास्थित प्रहरी प्रभागको भवनसमेत पुनर्निर्माण गर्न थालिएको छ। चाडपर्व नजिकिएसँगै हुने चोरी डकैतीका घटनालाई समेत ध्यानमा राखेर स्थानीय बासिन्दाले प्रहरी चौकी निर्माण थालेका हुन्। युवा व्यवसायी दीपक भट्टको संयोजकत्वमा टोली नै बनाएर पुनर्निर्माण गरिँदै छ।
यसैगरी, काठमाडौँ महानगरपालिका–१६ प्रहरी वृत्त लैनचौरको भवनसमेत पुनःनिर्माण सम्पन्न भएको छ। ठमेल पर्यटन विकास परिषद् र ठमेल क्षेत्रका व्यवसायीको सहयोगमा उक्त भवन पुनर्निर्माण गरिएको परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए। ठमेल क्षेत्रको सुरक्षामा प्रहरी वृत्त लैनचौर र दरबारमार्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
ट्राफिक प्रहरी प्रभाग नयाँबसपार्कको भवनसमेत पुनर्निर्माण भइरहेको छ। नयाँबसपार्क क्षेत्रका स्थानीय सङ्घसंस्था र यातायात व्यवसायी तथा मजदुरको सहकार्यमा पुनःनिर्माण गर्न थालिएको हो।
यसैगरी उपत्यकाबाहिर धादिङमा तोडफोड तथा आगजनी भएका ११ प्रहरी चौकीमध्ये सात प्रहरी चौकी पुनःनिर्माण गरी काम सञ्चालन गरिएको प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौँ उपत्यकाभित्र मात्र २१८ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको जानकारी दिए। जसमा ११२ प्रहरी कार्यालयका भवन पूर्ण क्षति र ९६ कार्यालयका भवनमा आंशिक क्षति भएको छ। यस्तै, ११७ चारपांग्रे सवारीसाधन पूर्ण क्षति भएका छन् भने चार सवारीसाधनमा आंशिक क्षति भएको छ। यसैगरी १५८ दुईपांग्रे सवारीसाधनमा क्षति भएको प्रवक्ता खनालले बताए।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी कार्यालय र प्रहरीका सवारी साधनमा भएको क्षतिको यकिन गर्ने काम भइरहेको बताए। कतिपय स्थानमा आन्दोलनका क्रममा क्षति भएका प्रहरी कार्यालय पुनर्निर्माण गरी प्रहरीलाई ‘ड्युटी’मा खटाउने काम शुरू भइसकेको प्रवक्ता घिमिरेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
