मन्त्रीको कार्यकक्ष विद्युत् प्राधिकरणलाई हस्तान्तरण

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो।

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रअनुसार, मन्त्री तथा प्राधिकरणको सञ्चालक समितिका अध्यक्षका लागि प्रयोग हुने उक्त कार्यकक्षको आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो। यो निर्णय मंगलबारको सचिवस्तरीय बैठकबाट भएको हो।

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा उक्त कार्यकक्ष सञ्चालनमा ल्याएका थिए।