च्याम्पियन्स लिग: आर्सनल र रियलको विजयी शुरूआत

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिनका अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए।  युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।

च्याम्पियन्स लिग: आर्सनल र रियलको विजयी शुरूआत
एपी

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र आर्सनलले विजयी शुरूआत गरेका छन्। 

मंगलबार राति भएको उद्घाटन खेलमा रियलले १० खेलाडीका बाबजुत मार्सेलीलाई २-१ ले हराएको छ। खेलमा एक गोलले पछि परेको अवस्थामा रियल दुई पेनाल्टी पाउँदा भाग्यमानी बनेको थियो।

रियलका लागि दुवै गोल केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरे। 

अर्को खेलमा आर्सनलले एथलेटिक क्लबलाई २–० ले हरायो। आर्सनलको जितमा गेब्रियल मार्टिनेली र लिआन्द्रो ट्रोसार्डले गोल गरे। 

अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए।  युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।