शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा–लामागाउँ सडकअन्तर्गत स्वास्थ्यचौकी नजिक सडक भासिँदा आवजजावतमा समस्या भएको छ।
दमौली– अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ सडकअन्तर्गत स्वास्थ्यचौकी नजिक सडक भासिएको हो।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार उक्त सडक स्तरोन्नति भइरहेको थियो। सडक स्तरोन्नतिका लागि २०८० साल चैत २५ गते भएको थियो। हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ।
सडकखण्डको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि निर्माण कम्पनी बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता भएको थियो। शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट शुरू हुने कालोपत्रले शुक्लागण्डकी नगरपालिका–८, ९ र १२ वडालाई जोड्छ। उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ।
दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ। सडकको चौडाइ १० मिटरको रहनेछ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ। सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
