पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
जसका कारण देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।
लुम्बिनीको तराई साथै गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
