पहिरोले महाकाली राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडी बीचबाटोमा रोकिएका छन्।

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा बिहीबार बिहान पहिरो खसेको हो।

पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको डीएसपी दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ। राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडी बीचबाटोमा रोकिएका छन्।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। यसअघि मंगलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो।