सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढी घाइते भएका छन्।
सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढी घाइते भएका छन्।
सुनसरी प्रहरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००२ ख ०९४९ नम्बरको बसले सडक छेउमा बिग्रिएर रोकिराखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा यो दुर्घटना भएको हो।
दुर्घटनाको सूचना पाएलगत्तै जिल्ला र इलाका प्रहरी कार्यालयबाट ३५ जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जना करिब ३५-४० वर्षका पुरुषको पहिचान हुन सकेको छैन। उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो।
अर्की मृतक सिरहाको सखुवान्नकट्टी गाउँपालिका–३ की करिब ४५ वर्षीया धनेश्वरी देवी यादव हुन्। उनको ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। गम्भीर घाइतेहरूमा मञ्जु चौधरी, सुकदेव साह, सत्य नारायण राम, मोहम्मद इसराफिल र हरि यादव रहेका छन्। सामान्य चोटपटक लागेका केही घाइतेलाई भने उपचारपछि विराटनगरको गोल्डेन अस्पतालमा रिफर गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
