सरकारले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेसँगै अब विदेशमा रहेका व्यक्ति र नेपाल आउने पर्यटकले मास्टर, भिसा, अलिपेलगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्नेछन्।
काठमाडौँ– अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ।
राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली बिहीबारदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा अन्तर आबद्धता सेवा शुभारम्भ गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
सो प्रणालीको अन्तर आबद्धता शुरू भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पुर्याउनेछ।
त्यसैगरी, भौतिक उपस्थितिरहित बनाउनुका साथै चौबिसै घण्टा सेवा प्रवाह सुनिश्चित भएको छ । यसबाट द्रुत राजस्व सङ्कलन, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिटल इकोनोमीको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्डहरूमार्फत अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ। यसले त्रिभुवन विमानस्थललगायतबाट प्रवेश गर्ने पर्यटकले सहज रूपमा यो सेवा लिनसमेत सहज हुने जनाइएको छ।
यो सेवा हाललाई अध्यागमन विभाग र मातहतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा शुरूआत भएको छ। आगामी दिनमा सरकारका अन्य निकायमा पनि क्रमशः सेवा विस्तार गर्दै लैजाने प्रवक्ता लामिछानेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
