अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र चिनियाँ राजदूत चेन सङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौँ– अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र चिनियाँ राजदूत चेन सङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा उनीहरूबीच आपसी हितका विविध विषयमा छलफल भएको छ।
प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई दिँदै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्। राजदूत थम्प्सनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै अमेरिकाले पहिलेकै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, चिनियाँ राजदूत चेन सङसँगको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको बताइन्। उनले ‘एक चीन नीति’प्रति नेपाल सधैँ प्रतिबद्ध रहेको दोहोर्याइन्।
प्रधानमन्त्री कार्कीले व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा र पर्यटन लगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्। उनले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माणमा चीनले देखाएको तत्परताका लागि धन्यवाद दिँदै अन्य नाकाहरूबाट पनि आवतजावत सहज बनाउन सहयोगको अपेक्षा गरिन्।
चिनियाँ राजदूत सङले चीन सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले दुवै देश र जनताको हितमा काम गर्न चीन सदैव तयार रहेको बताएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
