एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली बिहीबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सरेका छन्।

एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा
फाइल तस्वीर

भक्तपुर– नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन्।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनी बिहीबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका हुन्।

उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो। 

गुन्डुस्थित निवासमा बिहीबार अध्यक्ष ओलीसँग पार्टीका महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरेका थिए। 

एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ।