साफ यू१७ च्याम्पियनसिपमा नेपाल बांग्लादेशसँग ४-० गोल अन्तरले पराजित भएको छ।
काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू१७ च्याम्पियनसिपमा नेपाल बांग्लादेशसँग पराजित भएको छ। श्रीलंकाको कोलोम्बोमा बिहीबार सम्पन्न खेलमा बांग्लादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो।
बांग्लादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एक/एक गोल गरे।
यो जितसँगै बांग्लादेश ३ अंकसहित समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल भने २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ। नेपालले यसअघिको पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो।
यस प्रतियोगितामा नेपाल, श्रीलंका र बांग्लादेश समूह 'ए'मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह 'बी'मा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
