भूकम्पपछि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ।
रुसको सुदूरपूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ।
कामचटका प्रायद्वीपको तटमा ७.८ म्याग्निच्युडको भूकम्प महसुस भएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। राजधानी पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट १२८ किलोमिटर पूर्व र १० किलोमिटर गहिराइमा आएको यो भूकम्पका कारण भवन हल्लिएका थिए। रुसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युडको अनुमान गर्दै कम्तीमा पाँच वटा परकम्प आएको जनाएको छ।
भूकम्पपछि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा खतरनाक छालको सम्भावना रहेको चेतावनी दिएको छ। कामचटका गभर्नर भ्लादिमिर सोलोदोभले हालसम्म क्षतिको कुनै रिपोर्ट बताएका छन्।
उता इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा भने ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। नबिरे शहरबाट २८ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पलाई इन्डोनेसियाको बिएमकेजी एजेन्सीले भने ६.६ म्याग्निच्युड र २४ किलोमिटर गहिराइमा आएको बताएको छ।
विशाल द्वीपसमूह राष्ट्र इन्डोनेसिया प्रशान्त ‘रिङ अफ फायर’को सक्रिय टेक्टोनिक क्षेत्रमा पर्ने भएकाले बारम्बार शक्तिशाली भूकम्पको सामना गर्दै आएको छ।
जापानदेखि दक्षिणपूर्व एशिया हुँदै प्रशान्त बेसिनभर फैलिएको यस भूगर्भीय चापका कारण इन्डोनेसिया र रुसका तटीय बासिन्दा जोखिममा छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
