टुँडिखेलमा संविधान दिवस [तस्वीरहरू]

टुँडिखेलमा विगतको जस्तो सांस्कृतिक झाँकीलगायत कार्यक्रम राखिएको थिएन। सुरक्षाकर्मीको टोलीले ब्यान्डलगायत प्रस्तुति भने गरेका थिए।

टुँडिखेलमा संविधान दिवस [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी भए। कार्यक्रममा अरू पूर्वप्रधानमन्त्रीहरू भने देखिएनन्। 

null

टुँडिखेलमा विगतको जस्तो सांस्कृतिक झाँकीलगायत कार्यक्रम राखिएको थिएन। सुरक्षाकर्मीको टोलीले ब्यान्डलगायत प्रस्तुति भने गरेका छन्।

दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो। नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

nullnullnullnullnullnull