निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउन थालिएको छ।
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार झन्डै १०० मिटर माथिबाट पहिरो झरेको हो। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरू गरिएको छ।
दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्। नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए। थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ।
साँझपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
