विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।
पर्सा– वीरगन्ज महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित गरिएको बजेट पुनर्निर्माणमा केन्द्रित गरेको छ। महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि बजेट खर्च गर्ने भएको हो।
शनिबार आयोजना गरेको नगरसभाको २८औँ विशेष अधिवेशनले पुनर्निर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको जनाएको छ। जेनजी समूहले प्रदर्शनका क्रममा यहाँका भवन र सवारीसाधन तोडफोड र लुटपाट भएको थियो।
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको संशोधित बजेट पेश गर्दै बजेटका प्राथमिकतासमेत परिवर्तन गर्नुपरेको बताए। महानगरको १७औँ नगरपरिषद्ले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।
विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ। संशोधनपश्चात् करिब ३० करोड रुपैयाँ पुनर्निर्माणका लागि उपलब्ध हुने भएको छ ।
संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारीसाधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुली बत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ।
विशेष अधिवेशनले जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका गरेका वीरगन्ज महानगरपालिका वडा नं १२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
