बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।
सुनसरी– धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शनिबार १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार रुपैयाँ, संघीय सरकारबाट अनुदान ८९ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार रुपैयाँ, सडक बोर्डबाट दुई करोड रुपैयाँ र गत वर्षको मौज्दातबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ६६ करोड ९४ लाख रुपैयाँ, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख रुपैयाँ, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चार करोड ८६ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
साथै, आर्थिक विकासतर्फ एक करोड २९ लाख रुपैयाँ, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ७४ लाख ५० हजार रुपैयाँ, कानून तथा न्याय सम्पादनतर्फ २० लाख रुपैयाँ, सार्वजनिक जग्गा संरक्षणतर्फ १५ लाख रुपैयाँ, राजस्व परिचालनतर्फ ४३ लाख रुपैयाँ र नगर भिजन कार्यक्रमतर्फ पाँच करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आवका लागि धरानका २० वटा वडाका लागि २१ करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी, नगर कार्यपालिकातर्फ निसर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार रुपैयाँ, सशर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार रुपैयाँ, समपूरक बजेटबाट एक करोड ८२ लाख रुपैयाँ र विशेष अनुदानबाट पाँच करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ। उपमहानगरले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
