ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ। यस अवरोधका कारण चेक-इन र ब्यागेज ड्रप प्रणालीमा असर परेको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
युरोपेली हवाई सेवा प्रदायकहरूले उडानमा ढिलाइ र उडान रद्द हुन सक्ने चेतावनी दिएपछि 'एयरस्पेस फर्म'ले साइबर-सम्बन्धित अवरोधबारे आफू सचेत रहेको बताएको छ।
कोलिन्स एरोस्पेसका अनुसार यो अवरोध इलेक्ट्रोनिक ग्राहक चेक-इन र ब्यागेज ड्रपमा मात्र सीमित भएकाले म्यानुअल चेक-इन अपरेसनमार्फत सेवा सुचारु गर्न सकिने भएको छ।
शुक्रबार राति 'साइबर आक्रमण' को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको र १७ वटा उडानहरूमा ढिलाइ भएको विमानस्थलले जनाएको छ।
ब्रसेल्समा म्यानुअल चेक-इन र बोर्डिङ सेवा पुनः शुरू गरिए पनि शनिबार यात्रा गर्ने यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सूचना जारी गरिएको थियो।
यसैगरी, लन्डनको हिथ्रो विमानस्थलमा पनि चेक-इन र बोर्डिङ प्रणालीमा 'प्राविधिक समस्या' देखिएको र यसका कारण उडानमा ढिलाइ हुन सक्ने बताइएको छ।
बर्लिन विमानस्थलको वेबसाइटले पनि अवरोधका कारण युरोपमा चेक-इनका लागि यात्रुहरूले लामो समय प्रतीक्षा गर्नुपरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
