चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरू घर फर्कन थालेका छन्। भिसाको आवश्यकता नपर्ने र काम पाउन पनि सजिलो हुने भएकाले सुदूरपश्चिम प्रदेशका धेरै युवा रोजगारीका लागि भारत जाने गरेका छन्।
कैलाली– नेपाली हिन्दू धर्मावलम्बीको महान् चाड बडादशैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन्। कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।
सीमा सुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका छन्। प्रत्येक दिन सो नाकाबाट भित्रिनेको संख्यामा बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्यांकमा उल्लेख छ।
डोटीका रमेश साउद सोही नाकाबाट घर फर्किएका छन्। लामो समयदेखि भारतको सुरतमा रोजगारी गर्दै आएका उनले चाडपर्व मनाउन घर फर्किएको बताए। भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको उनको भनाइ छ।
“चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने गरिन्छ”, साउदले भने, “जसले घरबाहिर लामो समय एक्लो भएर बस्नुपरेको आभासलाई रमाइलोमा परिणत गरिदिन्छ।”
भारतको बैङ्लोरबाट होटलमा जागिर गरिरहेका कैलालीका शिवराज धामीले बडादशैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताए। दिल्लीबाट रोजगारी गरी घर फर्कँदै गरेका बझाङका राजेन्द्र गिरीले पनि चाडपर्व मनाउनका लागि घर फर्केको बताए।
यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन्। अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन्। खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडपर्व मनाउन घर आउने गरेका पाइन्छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवा रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पन्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन्। भिसा आवश्यक नपर्ने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि यस क्षेत्रका अधिकांश नेपाली रोजगारीका लागि भारत जाने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
