'जेनजी' आन्दोलनका क्रममा भएको चोरीको घटना अनुसन्धानका क्रममा प्रहरीले सुनचाँदीका गहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले सुनचाँदीका गहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई गत भदौ २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा भएको चोरीको घटनाको अनुसन्धानपछि पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार, पक्राउ पर्नेमा खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजा रहेका छन्। उनीहरूलाई रातोपुल क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका बेला पक्राउ गरिएको थियो।
प्रहरीले उनीहरूको साथबाट सुनचाँदीका गहना, नगद १३ हजार रुपैयाँ र केही लत्ताकपडा बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको बोहराले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
