'जेनजी' आन्दोलनपछि ६ हजार कैदीबन्दी फर्किए, ८ हजारभन्दा बढी अझै फरार

'जेनजी' आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधारगृहबाट भागेका आठ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेका छन्।

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधारगृहबाट भागेका आठ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, आन्दोलनको समयमा कारागारबाट १३ हजार ५९१ जना र बालसुधारगृहबाट ९६४ जना गरी कुल १४ हजार ५५५ जना भागेका थिए। तीमध्ये हालसम्म कारागारतर्फका पाँच हजार ९८७ र बालसुधारगृहतर्फ ३४१ गरी ६ हजार ३२८ जना  फर्किएका छन्।

कारागारबाट भागेका सात हजार ६०४ र सुधारगृहबाट भागेका ६२२ जना गरी आठ हजार २२६ जना अझै फिर्ता नआएको विभागले जनाएको छ। उनीहरूले अहिले पनि समाजमै छन्।

आन्दोलनका क्रममा झापाको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सन्धिुली, काठमाडौँको नक्खु, जगन्नाथदेवल, डल्लिीबजार, रसुवा, चतिवन, तनहुँ, कास्की, पर्वत, कपलिवस्तु, दाङको तुलसीपुर, बाँकेको नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका जेलबाट कैदीबन्दी भागेका थिए। यसैगरी, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीका बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए। 

आन्दोलनका क्रममा भाग्न खोज्दा १० जना कैदीबन्दीको मृत्यु भएको विभागले जनाएको छ। तीमध्ये रामेछाप कारागारमा ३, धादिङ कारागारमा २ र बाँकेको नौबस्ता बालसुधारगृहमा ५ जनाको मृत्यु भएको थियो। फरार रहेका कैदीबन्दीको खोजी कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

null