सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।
अदानचुली– हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड हराउँदै गएका छन्। यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड सडक सञ्चालन भएपछि हराउन थालेका हुन्।
नुन, चामल, तेल, खाद्यान्न, लत्ताकपडालगायत दैनिक घरायसी उपभोग्य सामग्री ढुवानी गरेर दुर्गम सदरमुकाम सिमकोटसहित गाउँसम्म पुर्याउने प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड अहिले प्रयोगविहीन बन्न थालेका हुन्।
यसअघि स्थानीय जनजीवनसँग गाँसिएको खच्चड यातायात यहाँको अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो। यहाँ वर्षौंसम्म मानिसहरूले दैनिक जीवनका लागि आवश्यक सामग्री ढुवानी गर्न प्रयोग गर्ने खच्चड, घोडा र डोको–नाम्लो बिस्तारै लोप हुँदै आएका गाउँका ज्येष्ठ नागरिकको भनाइ छ।
हुम्ला औपचारिक रूपमा सडक सञ्जालमा यसैवर्ष मात्र जोडिए पनि अधिकांश गाउँमा भने यसअघि नै सडक पुगिसकेको थियो। सडक पुगे लगत्तै छोटा दूरीका सवारीसाधन सञ्चालन हुन थालेपछि बिस्तारै खच्चड विस्थापन हुँदै गएका अदानचुली गाउँपालिका–३ का हर्कदन फडेराले बताए। अहिले खच्चड यातायात इतिहास मात्र बन्दै गएको उनको भनाइ छ।
कार, जिप, ट्रक र ट्याक्टर गाउँगाउँमा पुग्न थालेपछि मानिसले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका फडेराले बताए। सडक निर्माण र यातायातको पहुँच विस्तार भएसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको उनले उल्लेख गरे।
फडेराले आफूले धेरै पहिलेदेखि यो पेसा गर्दै आएको जनाउँदै अहिले पनि खच्चड व्यवसायलाई निरन्तरता दिँदै आएको बताए। काम कम हुँदा आम्दानीमा कमी आएको भन्दै उहाँले सोही कारणले अहिले खच्चडलाई पालनपोषण गर्न मुस्किल हुन थालेको छ।
व्यावसायिक रूपमा खच्चड पालेर जीविकोपार्जन गर्दै आएका फडेरा मात्र नभएर जिल्लाका अधिकांश व्यापारीले अहिले गाडी, ट्याक्टर चलाउन शुरू गरेका छन्। समयको मागसँगै रैथाने पेसाबाट आम्दानी कम हुन थालेपछि वैकल्पिक रूपमा जिप, बस र ट्याक्टर सञ्चालन गर्नुपरेको उनको अनुभव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
