तोलामा १ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार प्रतितोला २ लाख १६ हजार रुपैयाँ थियो। 

त्यस्तै, चाँदी प्रतितोला २ हजार ६२० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।