बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो।
गलकोट– पहिरोका कारण बन्द रहेको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ।
बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो। उक्त पहिरोले एक परिवार विस्थापित भएका छन्। चट्टानसहितको पहिरो खसेकाले खुलाउन समय लागेको थियो।
सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यतर्फ लागेका छन्। सडक डिभिजन कार्यालयको सहजीकरणमा लगातार पाँचदिन स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएको हो।
कार्यालय र निर्माण व्यवसायीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। पहिरोका कारण पुरिएको गोठबाट मृत अवस्थामा भैँसी निकालिएको उनले बताए।
उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको १० किमी कालोपत्र भएको थियो। सडक डिभिजन कार्यालय बागलुङले कर्ण विल्र्डसलाई ठेक्कामार्फत सडक कालोपत्र गर्न दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
