राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आइतबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
त्यस्तै, राष्ट्रपति पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको संविधानबमोजिम अध्यक्ष रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।