सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।
काठमाडौँ– पहिरोका कारण ४० घण्टाभन्दा बढी समयदेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडकखण्ड आइतबार साँझसम्म खुलाउने गरी काम भइरहेको छ। सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई ध्यानमा राखेर पहिरो हटाउने काम तीव्र पारिएको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए। “मुख्य समस्या पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड र अरनिको राजमार्गमा देखिएको छ। मुग्लिन–नारायणघाट सडकखण्ड आज साँझसम्म नै सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौँ। अरनिको राजमार्ग ठूलो वर्षा नभए तीन दिनभित्र सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने, “दशैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हो ।”
विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी,रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका (कोसी राजमार्ग) लगायतका हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
