आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ। गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्से परिसूचकमा आइतबार उच्च अंकको वृद्धि देखिएको हो।
यस दिनको कारोबारमा २२४ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ। एक लाख ८९८ पटकको कारोबारमा दुई करोड ३२ हजार २२४ कित्ता शेयर किनबेच भएर नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको हो।
यस दिन सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स र शिवम् सिमेन्ट लगायतका अधिकांश कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिन्धु विकास बैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर ६७९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। भूगोल इनर्जीको शेयर मूल्य पनि १० प्रतिशतले बढेर ६३४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घटेर ७३१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, हिमालयन एभरेस्ट इन्स्योरेन्सको शेयर मूल्य ५.६६ प्रतिशतले घटेर ५२८.३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, यस दिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
