तोयम रायालाई अर्थ सचिव बनाउने सरकारको निर्णय, राजस्व सचिवमा घिमिरे

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिवमा तोयम रायालाई नियुक्त गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले अर्थ मन्त्रालयमा सचिव हेरफेर गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तोयम रायालाई अर्थ सचिव बनाउने निर्णय गरेको हो। राया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव थिए।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयकै राजस्व सचिव बनाउने निर्णय भएको एक मन्त्रीले बताए।

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई त्यहाँबाट सरुवा गर्ने निर्णय सरकारले गरेको हो।