प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।
काठमाडौँ– नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन्। विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्ने भएका हुन्।
स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदैछ। प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन्।
कुलुङ एसिया वरियताका एक नम्बर खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एशिया वरीयताकी तेस्रो नम्बरकी खेलाडी हुन्। चारै जना खेलाडीले सिंगल लामो दूरीको ट्रेल रनमा प्रतिस्पर्धा गर्नेछन्।
टोली व्यवस्थापक प्रीति खत्रीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताए। जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आइटीआरए स्कोर आवश्यक थियो।
जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन्। खत्रीले भने, “हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
