प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।
काठमाडौँ— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाइएकी छन्। उनले आइतबार पाँच जना मन्त्रीको नाम टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले मदन परियारलाई कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रीमा, संगीता मिश्रलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा, अनिल सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेकी छन्।
त्यस्तै, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको र महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिने गरी उनीहरूको नाम सिफारिस गरिएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह हुने भएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले भदौ ३० गते तीन जना मन्त्री नियुक्त गरेकी थिइन्।
उनले रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानूनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी दिएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
