प्रतिबन्ध कायमै रहेपछि बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले एट्लेटिको मड्रिडविरुद्ध आइतबार हुने खेल गुमाउने भएका छन्।
काठमाडौँ– क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीको प्रतिबन्ध अन्ततः कायमै रहने भएको छ।
मार्काका अनुसार स्पेनिस फुटबल महासंघ (आरएफईएफ)ले तीन खेलमा प्रतिबन्ध लगाएपछि उनले अपिल गरेका थिए। तर, स्पेनिस खेलकुदको प्रशासनिक न्यायाधिकरण (टीएडी) ले उक्त अपिल खारेज गरेको हो।
गत ८ नोभेम्बरमा ओसासुनामाथि २–१ को जित निकालेको खेलमा ३४ वर्षीय पोलिस फरवार्ड लेवान्डोस्की ३०औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। उनले ओसासुनाका डेभिड गार्सियाको अनुहारमा कुहिनोले प्रहार गरेपछि रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएका थिए।
यो उनको खेल करिअरको दोस्रो रातो कार्ड हो। यसअघि उनले सन् २०१३ मा ह्यामवर्गविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। आरएफईएफका अनुसार रातो कार्ड पाएपछि लेवान्डोस्कीले रेफ्रीहरूप्रति अपमानजनक व्यवहार गरेका थिए। त्यसैले तीन खेलको प्रतिबन्ध लगाइएको हो।
मध्यान्तरको समयमा रेफ्रीको अपमान गरेपछि डिफेन्डर जेरार्ड पिकेलाई पनि रातो कार्ड देखाएको थियो। उनलाई पनि चार खेलमा प्रतिबन्ध लगाइएको थियो। उक्त खेलमा बेन्चमा रहेका जेरार्डले त्यसअघि नै सन्यास लिइसकेका थिए। बार्सिलोनाले लेवान्डोस्कीको प्रतिबन्धविरुद्ध अपिल गरेको थियो। त्यसैले लेवान्डोस्कीले गत सप्ताहन्तमा इस्पानियोलविरुद्ध खेलेका थिए।
मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले एट्लेटिको मड्रिडविरुद्ध आइतबार हुने खेलका लागि लेवान्डोस्की उपलब्ध हुने अपेक्षा गरेका थिए। तर, लेवान्डोस्कीले उक्त खेल गुमाउने भएका छन्। यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्कीले ला लिगाका १५ खेलमा १३ गोल गरेका छन्। उनले चार गोलका लागि सहयोग पनि गरेका छन्।
उनीविरुद्ध प्रतिबन्ध कायमै रहेपछि बार्सिलोनाको अग्रपंती केही कमजोर हुने आँकलन गरिएको छ। यद्यपि, उनी अर्को हप्ता खेलिने कोपा डेल रे र स्पेनिस सुपरकोपा खेल्न भने मैदान उत्रिने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
