काठमाडौँ– एशिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ। गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो।
शुरूमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी छँदै चार विकेटको क्षतिमा १७४ रन बनाउँदै पूरा गरेको हो। एशिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो। यसअघि समूह चरणको खेलमा समेत पाकिस्तान भारतसँगै पराजित भएको थियो।
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले। ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन्।
शुरूमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको हो। पाकिस्तानका लागि साहिबजादा फरहानले अर्धशतक बनाए। ४५ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मदतमा ५८ रन जोडेका हुन्। उसका लागि सायम अउब र मोहमद नवाजले समान २१–२१ रन थपे।
भारतको बलिङतर्फ चार ओभर बलिङ गरेका जसप्रित बुम्राह विकेटविहीन बने। उसका लागि शिभम दुवेले दुई विकेट हात पार्दा कुलदीप यादव र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए। यो जितसँगै भारतले सुपर फोरमा दुई अंक जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
