सुन प्रतितोला सात सयले बढ्यो

आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

काठमाडौँ– सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँ बढेको हो।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ६५० मा खरिद बिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।