काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमार्फत करिब दुई लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
काठमाडौँ– चाडपर्व मनाउनका लागि राजधानी काठमाडौँबाट पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधनमार्फत उनीहरू बाहिरिएका हुन्।
प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार देशका विभिन्न क्षेत्रबाट अध्ययन, व्यवसाय वा रोजगारीका लागि काठमाडौँ आएकाहरू दशैँ मनाउन घर फर्कन थालेका छन्। उनीहरू थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाका हुँदै गन्तव्यमा गएका हुन्।
कार्यालयको तथ्यांकअनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
यस वर्ष सडकको खराब अवस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई समस्या भइरहेको बताए।
“मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरोले गर्दा सवारीसाधन घण्टौँ रोकिएका छन्। त्यसैले समयमा बस काठमाडौँ नफर्किँदा यात्रुहरूलाई गन्तव्यमा पठाउन समस्या भइरहेको छ,” महासचिव गौतमले भने। उनले अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न सरकारलाई आग्रह गरे।
पछिल्ला दिनमा गोंगबुस्थित नयाँ बसपार्कमा पनि दशैँमा घर जाने यात्रुको चाप बढेको छ। नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार अन्य समयमा दैनिक चार देखि ५ हजार यात्रु बाहिरिने गरेकोमा अहिले यो संख्या १५ हजारभन्दा बढी पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
