भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो। नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको संख्या बढेको प्रहरीले जनाएको छ।
बाँके– दशैँको आगमनसँगै बाँकेको जमुनाहा नाकामा भारतबाट फर्कनेको घुइँचो लाग्न थालेको छ। पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरू धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुइँचो लाग्न थालेको हो।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेको संख्या ह्वात्तै बढेको बताए। एक सातामा यस नाकाबाट ३५ हजार १७५ जना स्वदेश फर्किएका छन्। त्यसैगरी ३४ हजार ७१० भारततर्फ गएका छन् ।
“आजदेखि त भारतबाट नेपाल आउनेको चाप बढ्न थालेको छ”, उनले भने। दैनिक करिब दुई हजारको हाराहारीमा नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्किरहेको उनको भनाइ छ।
केही दिनअघि भएको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो। नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको संख्या बढेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले आवागमनलाई सहज बनाउन सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरेको छ। सो कक्ष नेपालगन्जको बसपार्क र कोहलपुरको बसपार्कमा समेत स्थापना हुने जिल्ला प्रहरी बाँकेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
