प्रहरीले काठमाडौँ महानगरपालिका–१६, खरिबोटस्थित एक कार वास सेन्टरको पार्किङबाट सात थान पेस्तोल, ६ थान म्याग्जिन र ३३ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित एक कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, ६ थान म्याग्जिन र ३३ राउन्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हीराबहादुर मगर र रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ छन्।
काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई दिएको जानकारीअनुसार, हीराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा हतियार रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
“काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्की भित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुई जनालाई पक्राउ गरिएको हो,” उनले भनिन्।
प्रहरीले मगरलाई आइतबार र श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो। उनीहरूको साथबाट हतियारका साथै एक थान वाकीटकी ह्याण्ड सेटको ब्याट्री पनि बरामद गरिएको छ। बरामद गरिएका हतियारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
