डेम्बेलेले जिते बालोन डी’ओर

डेम्बेलेको महत्त्वपूर्ण योगदानको मद्दतमा पीएसजीले गत सिजन च्याम्पियन्स लिग जितेको थियो। गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।

काठमाडौँ– पेरिस सेन्ट-जर्मेनका फर्वार्ड ओस्मान डेम्बेलेले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’ओर जितेका छन्। 

२८ वर्षीय फ्रान्सेली फरवार्डको महत्त्वपूर्ण योगदानको मद्दतमा पीएसजीले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो। 

उनले गत सिजन पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए। उनी लिग १ मा २१ गोलका साथ संयुक्त रूपमा सर्वाधिक गोलकर्ता थिए। 

डेम्बेले भने यो अवार्ड जित्ने छैटौँ फ्रान्सेली खेलाडी भएका छन्। अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे।

महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जित्न सफल भइन्।