तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो सुनको मूल्य

नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेर तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपालमा सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। 

अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो। 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ६५० रुपैयाँ रहेको चाँदी २ हजार ६८० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।