बाह्रबिसे–तातोपानी सडकको बिजोग [तस्वीरहरू]

पहिरोका कारण अवरुद्ध भएको सडक अस्थायी रूपमा मर्मत भएसँगै कन्टेनरहरू सुख्खा बन्दरगाह आइपुगेका छन्।

बाह्रबिसे–तातोपानी सडकको बिजोग [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सिन्धुपाल्चोकस्थित तातोपानी नाका जोड्ने प्रमुख सडकको अवस्था दयनीय छ। कोदारी लोकमार्गअन्तर्गत कोदारीस्थित इको पहिरोका कारण आवतजावतमा कठिनाइ हुने गरेको छ। 

null

चीनसँगको सीमा क्षेत्रसमेत जोड्ने उक्त सडकमा इकोसहित अन्य विभिन्न स्थानमा पहिरोका कारण समस्या हुने गरेको छ। कतिपय ठाउँमा सडक बगाएको छ। कतिपय ठाउँमा सडक भासिएको अवस्थामा रहेको छ।

null

साउन पहिलो साता गएको पहिरोका कारण सडक अवरोध हुँदा सयौँ कन्टेनर सीमाक्षेत्रको लिपिङ बजारमा अड्किएका थिए। अहिले अस्थायी रूपमा बाटो मर्मत भएसँगै कन्टेनरहरू सुख्खा बन्दरगाह आइपुगेका छन्।

nullnullnullnull