सप्तरीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुबेर सुरुंगा नगरपालिकामा दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।

सप्तरीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

राजविराज– सप्तरीको सुरुंगा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको मृत्यु भएको हो। 

दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार घटनाबारे स्थानीयले जानकारी गराएपछि पोखरीबाट बालिकाको शव निकालिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।